क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । सप्तरीको बोदेबरसाईन नगरपालिकामा प्राविधिक विद्यालय भवनको शिलान्यास गरिएको छ ।
बोदे बर्साईन नगरपालिकाका नगर प्रमुख आतेश कुमार सिंह यादव र उप-प्रमुख रेनु कुमारी साहले संयुक्त रुपमा नं ५ टोलस्थित श्री चन्द्रा नमुना माध्यमिक विद्यालयको जग्गामा प्राविधिक विद्यालय भवनको शिलान्यास गरेका हुन् । प्राविधिक शिक्षालयको १४ कोठे शैक्षिक भवन निर्माणको शिलान्यास गरिएको हो ।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत विद्यालयको १५ कट्ठा जग्गामा संघ सरकारको र नगरपालिकाको गरि ६ करोड २३ लाख ९१ हजार रुपैयाँको लागतमा प्राविधिक विद्यालय भवनको निर्माण हुनलागेको नगरपालिका क ईन्जिनियर दिनेश ठाकुरले जानकारी दिए ।
विद्यालय भवनको शिलान्यास गर्दै नगर प्रमुख यादवले समृद्धिको मुख्य आधार स्तम्भ शिक्षा रहेको बताए । आगामी आर्थिक वर्षदेखि आफ्नै भवनमा राखेर विद्यार्थी पढाउने योजना रहेको छ । नगरपालिकाले निर्माण कम्पनीलाई २०८३ असार १८ सम्म ईसानी- आर आर सि पिएल जेभी धनुषालाई भवन निर्माण सकेर हस्तान्तरण गर्ने सम्झौता गरिएको छ ।
कार्यक्रममा नगरपालिकाका अधिकृत बिष्णु कुमार यादव , वडा नम्बर ५ का अध्यक्ष मो.मोजिबुर रहमान सहितका वक्ताहरुले आ-आफ्नो धारणा राखेका थिए ।