क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । सप्तरीको राजविराजमा खाद्य सम्प्रभुताको लागि पर्यावरणीय कृषि बिषयमा बहु सरोकारवाला जिल्ला स्तरीय संवाद गरिएको छ ।
राष्ट्रिय कृषक समुह महासंघको आयोजना तथा दिगो विकास इन्स्टिच्युटको समन्वयमा सोमबार कार्यक्रम गरिएको हो ।
कार्यक्रममा विभिन्न स्थानीय सरकारको प्रतिनिधि, पालिकाको कृषि प्राविधिक , कृषि सहकारीको प्रतिनिधि, कृषि बजार समिति, मधेश कृषि विश्वविद्यालयका प्रतिनिधि तथा कृषि ज्ञान केन्द्रका प्रतिनिधिहरू राखि सम्वाद भएको छ ।
संवादमा अब कृषिको भविष्य, कृषिका चुनौती तथा अवसरको बारेमा छलफल भएको आयोजकले जनाएको छ ।
पार्यवरणीय मुख्य कृषिको लागि जैविक बिषादी प्रयोग तथा अनुसन्धान हुनुपर्ने, किसान मुखि कृषि निति निर्माण हुनुपर्ने, स्थानीय आवश्यकता अनुसार कृषि प्राणलीलाई प्रथामिकतामा राख्नुपर्ने निष्कर्ष आएको छ ।















