क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । सप्तरीको राजविराज नगरपालिका -६ सखडा रोडबाट ३ लाख ९ हजार ६ सय ९५ रुपैँयाको अवैध कपडासहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा रूपनी गाउँपालिका -५का २६ बर्षीय चुनचुन यादव र राजगढ गाउँपालिका-२का २८ बर्षीय संजय साह रहेको हो ।
शनिबार स ८ प ५२५३ नम्बरको मोटरसाईकलमा प्लाष्टिकको बोरामा राखिएको कपडा जाँच गर्दा भारतबाट अबैध रुपले भंसार छली ल्याएको मोटरसाइकलसँगै रहेका उनीहरूले स्विकारेको प्रहरीले जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी जितेन्द्र बस्नेतले जानकारी दिए ।