क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । राजविराजमा संचालित अन्तर हब टि ट्वान्टी महिला क्रिकेट प्रतियाेगिताकाे उपाधी महाेतरीले हात पारेकाे छ।
सप्तरी क्रिकेट सँघकाे समन्वयमा सबल नेपाल द्वारा संचालित तथा एमसिसी फाउन्डेशन र सिडब्लुबीकाे सहयाेगमा आयाेजित सप्तरी र महाेतरी बिच भएकाे फाईनल खेलमा महाेतरीले सप्तरीलाई १४ रनले पराजित गर्दै उपाधी हात पारेकाे हाे।
टस जितेर महाेतरीले २० ओभरमा १ बिकेटकाे क्षतिमा १ सय ४१ रनकाे याेगफल खडा गरेका थिए।
जसमा सिवानी साहले सर्वाधिक ६८ रन बनाउदै अविजित रहेका थिए।
यसैगरी राेेजी कडारी ३९ रन बनाउदै अविजित रहदै टिमका लागि रन जाेडेका थिए।
यता सप्तरीका बलर बन्दना रजकले १ बिकेट लिएका थिए।
जवाफमा सप्तरीले २० ओभरमा ६ बिकेट गुमाएर १ सय २७ रन मात्र बनाउन सकेका थिए।
जसमा सुमिन्त्रा यादबले ३७ रन, दिपा राम २० रन अविजित तथा निसु चाैधरीले १८ रन बनाएपनि उपाधी जित्न सफल भएन।
यता बलिंग तर्फ महाेतरीका गाेमा मगर र राेजी कडारी २/२ बिकेट तथा सिवानी साहले १ बिकेट हात पारेका थिए।
फाईनल खेलका म्यान अफ दि म्याच सिवानी साह घाेषित भएका थिए।
उक्त प्रतियाेगितामा प्लेयर अफ दि सिरिज साक्षी यादब, बेस्ट बलर बन्दना रजक बेेस्ट ब्याटर सिवानी साह घाेषित भएका थिए।
उक्त अवसरमा मधेश प्रदेश सरकारका पुर्व मन्त्री महेश प्रसाद साह, सबल नेपालका अध्यक्ष जुना गिरी, सप्तरी क्रिकेट सँघका उपाध्यक्ष निरज सिँह, सचिव चन्दनकुमार यादब सदस्यद्वय संजय कार्की, डम्बर नाारायण दास, प्रतियाेगिता संयाेजक आशिष गुप्ताले बिजेता, उपबिजेतालाई शिल्ड,कप, मेडल प्रमाणपत्र प्रदान गरेका थिए।















