राजु शर्मा
राजविराज। पुर्व -पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको कञ्नचनरूप नगरपालिका -२ बरमझियामा आइतबार बिहान बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा बस सवार धनकुटाकी मैयाँ राइ रहेकी छिन् ।
उदयपुरबाट काँकरभिट्टा तर्फ जाँदै गरेको प्रदेश १-०१-००१ख ४१२६ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको स५प १५९३ नम्बरको मोटरसाइल एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।
घाइतेलाई उपचारको लागी अस्पताल तर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।
बस चालक फरार रहेको प्रहरीले जनाएको छ ।