रूपेश यादव
राजविराज । सप्तरीमा बास्तविक बाढीपिडितलाई राहत नदिको भन्दै पिडित तथा स्थानीयहरु प्रर्दशन गरेका छन् । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा कोशी नदीमा आएको बाढीले त्यहाँका सैकडौँ घरहरुमा पानी पसेर मालबस्तुको छति हुनुका साथै घरनै ढुवान भएपछि सरकारले पढाएको राहत बास्तविक पिडितले नपाएको भन्दै पिडित सँगै स्थानीयहरु प्रर्दशन तथा आन्दोलनमा उत्रेका छन् । प्रर्दशन तथा आन्दोलनमा उत्रेका पिडितहरुले पालिकाको ४ वटा वडा कार्यालयमा तालाबन्दी समेत गरेका छन् ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा कोशी नदीमा आएको बाढीले त्यहाँका सैकडौँ घरहरुमा पानी पसेर मालबस्तुको छति हुनुका साथै घरनै ढुवान भएपछि सरकारले पढाएको राहत पिडितले नपाएको भन्दै पिडित सँगै स्थानीयहरु बुधवार दिनभर प्रर्दशन गरेका छन् । प्रर्दशन तथा आन्दोलनमा उत्रेका पिडितहरुले पालिकाको ५, ७, १२, १३ गरी जम्मा ४ वटा वडा कार्यालयमा तालाबन्दि समेत गरेको प्रर्दशनकारीहरुले बताए । प्रदर्शनकारीका अनुसार सरकारले पढाठाएको राहत न्यायोजित ढंगले वितरण नगरेको र नातागोता तथा आ–आफ्ना आफन्तलाई वितरण गरिएको हुनाले हामीले बाध्यभएर पालिका विरुद्ध आन्दोलन नै गर्नुगरेको बताएकाछन् ।
कोशी नदीको किनारमा रहेको हनुमाननगर कंकालनी नगरपालिकाको जोगिनियाँदेखि रम्पुरा मलहनियाँ र तिलाठी कोइलाडी गाउँपालिकाकाका अधिकांश बस्ती डुबानमा परेको थियो । ढुवानबाट समस्यामा परेका पिडितलाई सरकारले पढाएको राहत जनप्रतिनिधिहरुको मिलेमतोमा नातावाद,कृपावादका कारणले बास्तवित पिडितले राहत नपाएको पिडितले गुनासो गरेका छन् ।
प्रशर्दनमा उत्रिएका पिडितका अनुसार बाढीले सयौ बिघामा लगाइएको धान खेती डुबाए, घरमा भएको अन भण्डार नष्ट भएको र बाढीले घरनै पूर्ण रुपमा छति भएको बताए । तर, सरकारबाट प्राप्तहुने राहत समेत विचौलियाहरुले खाईदिए पछि आफुहरुमाथि थप पिडामाथी पिडा थप्ने काम भईरहेको बताएका छन् ।
हनुमाननगर कंकालिनि नगरपालिकाका नगर प्रमुख विरेन्द्र माझीले राहत वितरण कार्यका लागि वडा कार्यालयबाट डाटा संकलन अनुरुपनै राहत वितरणका कार्य भएको बताए ।















