राजु शर्मा/अंकित मिश्र
राजविराज । सप्तरीको भारदह स्थित कंकालिनी मन्दिरमा ६ सय ११ वटा राँगा तथा ६ हजार बढी बोकाको बली दिइएको छ । दशैको नवौं दिन महानवमीको असारमा शुक्रबार उक्त परिणाममा राँगा तथा बोका बली दिइएको हो ।
कंकालिनी मन्दिरमा प्रत्येक वर्ष दशैको नवमीका दिन राँगाकाे बली दिइने गरिन्छ । महानवमीका दिन शुक्रबार ६ सय ११ वटा राँगा तथा ६ हजारबढी बोकाकाे बली दिइएको मन्दिर विकास समितिले जनाएको छ ।
गत बर्ष महानवमी मन्दिरमा ६ सय ३ वटा राँगाकाे बली दिइएको थियोे ।
त्यस्तै छिन्नमस्तामा घटस्थापना देखि दशमी सम्म ४ हजार २१ वटा खसीबोकाको बलिप्रदान भएको छ।















