क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । सप्तरीको कञ्नचनरूप नगरपालिका -७ बाट प्रहरीले १२० किलो गाँजासहित स्कारपियो नियन्त्रणमा लिएको छ ।
प्रहरी टोलीले फत्तेपुर देखी कञ्चनपुर तर्फ आउदै गरेको सेतो रंगको बिआर O7BA4578 नम्बरको स्कारपियोलाई मंगलबार चेकजाँच गर्दा ५ वटा बोरा राखिएको १२० किलोग्राम गाँजा बरामद गरेको हो ।
स्कारपियोसहित दुई जना मानिसहरु नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
प्रहरी नियन्त्रणमा स्कारपियो चालक – सिरहा भगवानपुर गाउँपालिका -४ बस्ने ३७बर्षीय चन्देश्वर चौधरी र सहचालक ६० बर्षीय राम दुलार यादव रहेका छन् ।