क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । सप्तरीको बलान विहुल गाउँपालिका वडा नं ३को वडा कार्यालय भवन उद्घाटन गरिएको छ ।
शुक्रबार पालिका अध्यक्ष खेमचन्द्र यादवले भवनको उद्घाटन गरेका हुन् ।
भवन उद्घाटन पछि पालिका अध्यक्ष यादवले यो दिन सो वडाको वासीको लागि ऐतिहासिक दिन रहेको बताएका छन्।
उनले आफ्नो समाजिक संजाल फेसबुकमा लेखेका छन् ‘मौवहा, दुधैला टिकुलियाबासीको एतिहासिक दिन:
आज बलान बिहुल वडा न.३ ले नवनिर्मित भवन पाएको छ।हालसम्म वडा कार्यालयको भवन नहुदा भाडामा संचालन गर्नुपर्ने बाध्यताको आज अन्त भएको छ। समृद्ध बलान बिहुल जनताको चाहना पूरा गर्न सहयोग गर्नुहुने सबैपक्षप्रती हार्दिक अभार तथा धन्यवाद ।’
स्थानीय सरकार स्थापनाको सात साल बितिसक्दा समेत सप्तरीका धेरैजसो वडा कार्यालयहरू भाडाको भवनमा संचालन भइरहेको छ ।














