क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । सप्तरीको बलान विहुल गाउँपालिकामा नि: शुल्क स्वास्थ्य शिविर
सम्पन्न भएको छ ।
नेपाली सेनाको सहयोग र बलान बिहुल गाउँपालिकाको समन्वयमा वडा नं १ स्वास्थ्य चाैकी मल्हनियामामा बुधबार शिवर भएको हो ।
शिविरमा नेपाली सेनाका आँखा, दन्त, जेनरल मेडिसिनका विशेषज्ञ डाक्टरहरुले सेवा दिएको बलान बिहुल गाउँपालिकाका प्रमुख खेमचन्द्र यादवले जानकारी दिए ।
उनले यस शिविरमा स्थानीय ३ सय जना भन्दा बढीले सेवा लिएको बताए ।
‘यस सेवाले बलानबिहुल गाउँपालिका बासीको विश्ववास नेपाली सेना प्रति बढेको छ, उहाँहरूको सम्मान उच्च भएको छ,’ प्रमुख खेमचन्द्र यादवले भने ।
शिविरमा विरामीहरूलाई निशुल्क औषधी, चस्मा समेत वितरण गरिएको स्वास्थ्य संस्थाका रोशन कुमार साहले जानकारी दिए ।