क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । राष्ट्रिय मुक्ति क्रान्ति नेपालका सप्तरी जिल्ला संयोजकमा दिपेन्द्र चौधरी मनोनित भएका छन् ।
मंगलबार काठमाडौंमा बसेको केन्द्रिय नेताहरुको बैठकले ७७ जिल्लाको जिल्ला संयोजक चयन गरेको हो ।
पार्टीले प्रेस विज्ञप्ती जारी गर्दै ७७ वटै जिल्ला संयोजकहरु लगायत पार्टीका सबै नेता कार्यकर्ताहरुलाई बाढी पहिरोबाट पिडित भएका आमजनलाई तन, मन, धनका साथ दुखको घडीमा सहयोग गर्न आग्रह समेत गर्ने निर्णय गरेको जनाएको छ ।
संयोजक चौधरीले बहुल राष्ट्रिय कायम भए मात्र शान्ति र अधिकार प्राप्त हुने बताए । उनले बहुल राष्ट्रियको लागि संघर्षको आवश्यकता रहेको बताए ।
एकै समुदायले देशमा शासन गरिरहेकोले देशको दुर्दशा रहेको उनको भनाइ छ ।