Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

सबै मधेशी एक भए मात्र सबै अधिकार प्राप्त हुन्छ : मृगेन्द्र सिंह यादव

सबै मधेशी एक भए मात्र सबै अधिकार प्राप्त हुन्छ : मृगेन्द्र सिंह यादव

क्रान्ति केन्द्र सम्वादाता

राजविराज। जनता समाजवादी पार्टी, नेपालका उपाध्यक्ष मृगेन्द्र सिंह यादवले मधेशका सबै जनता एक भए मात्र मधेशीले सबै अधिकारी पाउने धारणा राखेका छन् । पार्टीको तिलाठी कोइलाडी गाउँपालिका स्तरिय विस्तारित बैठकलाई सोमबार सम्बोधन गर्दै उनले केन्द्रीय शासक वर्गले मधेशी जनतामा फुट डालेर शासन गर्ने निति लिएको बताएका हुन् ।

‘जस्तै भारतमा अंग्रेजहरू आएर फुट डालो शासन करोको निति अपनाएको थियो त्यस्तै यहाँ पनि सत्ताको बागडोर भएकाले मधेशी जनतालाई फोड्न यही निति लिएको छ,’ कांग्रेस, एमाले र माओवादीलाई इंकित गर्दै उनले भने, ‘जातीय नाममा मधेशीलाई टुक्रा टुक्रामा बाँडियो, तिमी थारू हो, तिमी मुस्लिम हो, तिमी त्यो तिमी त्यो भनेर मधेशीलाई फोडयो, हामी सबै मधेशी हो बुझुनुपर्छ ।’

कार्यक्रममा प्रमुख अतिथि उपाध्यक्ष यादवले जनमत पार्टी कांग्रेस, एमालेको सेना रहेको आरोप लगाएका छन् । उनले भने, ‘मधेशीलाई अधिकारबाट बञ्जित गराउन उनीहरूले हर सम्भव प्रयास गरेको छ, आफ्ना सेना परिचालन गरेका छन्, जनमत पार्टी उनीहरूकै प्यादा हुन्, उनीहरूलाई देउवा, ओलीको विरोध गरेको सुन्नु हुन्न तपाईहरू, जता पनि जसपाको विरोध मात्र गर्छ ।’

मधेशमा विकास हुन नदिने सोचमा ती पार्टीहरू दृढ रहेको उनले बताए । ‘उदाहरण स्वरूप मधेशको लाइफलाइन मानिएको हुलाकी सडक हेर्नु अहिलेसम्म बन्दै छ,’ उपाध्यक्ष यादवले भने, ‘यसै मार्ग अन्तर्गत सिरहा र धनुषा जोड्ने कमला पुल बनाउन विभागको ध्यानै छैन्, ध्यान भए  एउटा पुल बन्दैन् ?’

उनले मधेशी जनता एक भए सबै अधिकार प्राप्त हुने विश्वास व्यक्त गरेका छन् । उनले भने, ‘सब मिलके एक तालमे थपरी पीट देबै त सब अधिकार प्राप्त हेतै ।’

जसपा, नेपाल तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष माधव रायको अध्यक्षतामा आयोजित कार्यक्रममा  पार्टीका केन्द्रीय सचिव शैलेन्द्र प्रसाद साह, केन्द्रीय सदस्य डा. बबी सिंह यादव, शैलेन्द्र मोहन झा, विकास तिवारी , मुरली सिंह, प्रदेश कार्याकारिणी युसुफ अलि, प्रदेश सदस्य किशोर यादव, जिल्ला अध्यक्ष केदार यादव, जिल्ला कार्याकारिणी सदस्य निरज मुक्ती, जिल्ला कार्याकारिणी सदस्य तथा पालिका निवर्तमान उपाध्यक्ष सुचिता यादव लगायायका वक्ताहरूले मन्तव्य राखे । कार्यक्रममा पालिकाबाट ५०० जना नेताकार्यकर्ता उपस्थित रहेको सचिव शिवनाथ यादवले जानकारी दिए ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

पत्रकारलाई एआइ सम्बन्धी तालिम

पत्रकारलाई एआइ सम्बन्धी तालिम

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology