क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । पछिल्लो तीन दिनदेखिको अविरल वर्षाका कारण तिलाठी कोईलाडी गाउँपालिकाको करिब पाँच सय घर डुबानमा परेको छ ।
वडा नं ३ सकरपुरामा ७५ घर, वडा नं ४ कोईलाडीको चट्टीटोल मुखियाटोल मुसहर वस्ती राम टोलमा गरी २०० घर, वडा नं ५ को राम खंग टोलमा ५० घर साह पण्डित टोलमा ३० घर बनरझुलामा २० घर कुशहामा ३५ घर टिकुलियामा ३० घर दास टोलमा ३० घर डुबानमा परेको पालिकाका विपद व्यवस्थापन अधिकृत राजेश कुमार झाले जानकारी दिए ।
यसैगरी वडा नं ७ को नवटोलिया मा २५ घर डुबानमा परेको छ । वडा नं ७ को सरदार टोलका बाढी प्रभावितहरु लाई गाउपालिकाको कार्यालयले भुजा, भुजिया, नुन, चाउचाउ र खाने तेल वितरण गरिएको उनले बताए।
गाउँपालिका अध्यक्ष अरुण कुमार मण्डल वडा नं ४ का अध्यक्ष मुनिलाल, मुखिया वडा नं ५ का अध्यक्ष ललन प्रसाद राउत, वडा नं ७ का अध्यक्ष हरि नारायण मण्डल, विपद व्यवस्थापन अधिकृत राजेश कुमार झा सहितको टोलीले शनिवार विहानदेखि वडाहरुमा स्थलगत अवलोकन निरीक्षण गरेको छ ।