राजु शर्मा
राजविराज । कोशीमा पानीको बहाव निरन्तर तिव्र भइरहेको छ ।
समचार तयार पार्दासम्म कोशीमा पानीको बहाव ५ लाख ७९ हजार ३ सय ९० क्युसेक रहेको कोशी ब्यारेज नियन्त्रण कक्षको तथ्यांक छ ।
निरन्तर पानीको सतह बढेपछि उच्च सतर्कता अपनाउन नदीय तटबन्ध क्षेत्रका बासिन्दाहरुलाई जानकारी गराइएको छ ।
पानीको बहाव अत्यधिक भई पुलमाथिबाट बग्न थालेपछि पुलबाट आवतजावत अनिश्चितकालको लागि बन्द गरिएको छ ।
सुनसरीका प्रशासनले एक सुचना जारी गर्दै जन सुरक्षाको लागि शनिबार दिउँसोदेखि अर्को सुचना जारी नगरेसम्मको लागि आवतजावतमा रोक लगाएको जनाएको छ ।
पानीको बहाव अत्यधिक भई खतराको संकेत समेत पार गरिसकेकोले जनसुरक्षाको आवतजावतमा रोक लगाएको सुचनामा उल्लेख छ ।अहिले ब्यारेजको दुवै तर्फ सुरक्षाकर्मीहरू तैनाथ छन् ।