क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । गजेन्द्रनारायण सिंह अस्पताल राजविराजको मेडिकल सुपरिटेन्डेन्ट(मेसु )मा श्रीराम तिवारी आएका छन् ।
उनी बुधबार अस्पतालको मेसुमा हाजिर भएका हुन् ।
उनको स्वागत कार्यक्रममा अस्पतालका कर्मचारी, चिकित्सकहरूको उपस्थिति रहेको थियो ।
पछिल्लो ५ महिनादेखि डा. नागेन्द्र प्रसाद यादवले अस्पताल मेडिकल सुपरिटेन्डेन्ट तथा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यकारी निर्देशक दुवैको जिम्मेवारी सम्हाल्दै आएका थिए ।