क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तगर्तको गजेन्द्रनारायण सिंह अस्पतालको निर्माणधिन भवनहरू पुस १५ गते हस्तान्तरण हुने निर्णय भएको छ ।
सोमबार प्रतिष्ठान पुर्वाधार तयारी विकास समितिले आयोजना गरेको बैठकमा सो निर्णय भएको प्रतिष्ठानका अध्यक्ष प्रा.डा.पशुपति चौधरीले जानकारी दिएका हुन् ।
अस्पतालको निर्माणाधिन भवनको कार्य सम्पन्न गरि हस्तानान्तरण गर्ने प्रयोजनको लागि गजेन्द्रनारायण सिंह सिंह अस्पताल राजविराज , सघन शहरी तथा भवन निर्माण आयोजना सप्तरी र भवन निर्माण कम्पनीको प्रतिनिधिहरू बीच छलफल भएको थियो ।
छलफलले भवन निर्माण गरि पुस १५ गते हस्तान्तरण गर्ने निर्णय भएको उनले बताएका छन् ।
‘२०८१ भाद्र ७ गते रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान राजविराज पूर्वाधार तयारी विकास समितिले यस अस्पतालको निर्माणाधिन भवन को कार्य सम्पन्न गरी हस्तानान्तरण गर्ने
प्रयोजनको लागि गजेन्द्र नारायण सिंह सिंह अस्पताल राजविराज , सघन शहरी तथा भवन निर्माण आयोजना सप्तरी र अस्पताल भवन निर्माण कम्पनीको प्रतिनिधिहरू बीच बैठक वासी सो भवन अगामी पुस 15 गते सम्म हस्ताणतरण गर्नै निर्णय गरियो,’ उनले आफ्नो समाजिक संजाल फेसबुकमा लेखेका छन् ।
बैठकको निर्णय कार्यान्वयनसँगै अस्पतालको सेवा सुद्धीकरण तथा सेवा विस्तार तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्न सहज हुने प्रा.डा. चौधरीले विश्वास व्यक्त गरेका छन् ।