क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ।
विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा आइतबार उनलाई प्रहरीले पक्राउ गरेको हो ।
साइबर ब्यूरोबाट खटिएको टोली र भक्तपुर प्रहरीको सहयोगमा प्रसाईंलाई पक्राउ गरिएको जनाइएको छ ।
प्रसाईंविरुद्ध एक महिलाले साइबर ब्यूरोमा उजुरी दिएकी थिइन्। उनीविरुद्ध जाहेरी परेपछि जिल्ला अदालत, काठमाडौंले प्रसाईंलाई पक्राउ गरेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो।