क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । पठन संस्कृतिको विकास गर्ने उदेश्यले साझा प्रकाशन शाखा राजविराजद्वारा बुधबारदेखि विशेष पुस्तक प्रदर्शनीको आयोजना गरिएको छ ।
बुधबार मधेश प्रदेशका पुर्व शिक्षामन्त्री सो क्षेत्रका सांसद महेश यादवले कार्यक्रमको उद्घाटन गरेका हुन् ।
कार्यक्रमलाई सम्वोधन गर्दै उनले प्रर्दशनीबाट स्थानीयस्तरको शैक्षिक गुणस्तर सुधारमा मद्दत पूग्ने विश्वास व्यक्त गरे । आमनागरिकको घर घरमा पुस्तक जाने र पढने बानीको विकास भइ हाम्रा विशिष्ट सम्पदा र दबिएर रहेका बौद्धिक सम्पतीको संरक्षणका लागी पनि यस्ता प्रर्दशनी आवश्यक रहेको उनले बताए ।
साहित्यकार, पत्रकार, शिक्षासेवी सहित सर्वसाधारणको शेयर रहेको संस्थाले प्रत्येक वर्ष विजयादशमीको अवसर पारेर विशेष छुटमा बृहत पूस्तक प्रर्दशनीको आयोजना गर्दै आएको छ ।
असोज १५ सम्म चल्ने प्रर्दशनीमा विभिन्न विद्याका ६ हजार थान पूस्तक राखीएको छ । उक्त पूस्तकमा २० देखि ४० प्रतिशत सम्म छुटको व्यवस्था मिलाइएको आयोजक संस्थाले जनाएको छ ।