क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । बाल दिवसकाे अवसरमा बालवालिकाहरू बिच मैत्रीपुर्ण क्रिकेेट खेलकाे आयोजना गरि मनाएकाे छ।
शनिवार पवि माबिकाे खेलमैदानमा सप्तरी क्रिकेट संघकाे समन्वयमा क्रिकेट फाेर ईक्युलिटी कार्यक्रम अन्तर्गत खेलकाे आयाेेजना बाल दिवस मनाएकाे हाे।
उक्त अवसरमा सप्तरी क्रिकेेट संघका सचिव चन्दनकुमार यादवले विकास र नव प्रतिभा वालवालिकाहरूलाई क्रिकेट प्रति उत्साह र खेलाडी उत्पादन गर्ने उदेश्यले प्रतियाेगिताहरू गरिदै आएकाे बताए।
उनले महिला तथा छात्रा क्रिकेटको विकासका लागि समुदाय स्तरवाटै छात्रा खेलाडीहरूलाई सक्रियता गराउनु पर्नेमा जोड दिए ।
क्रिकेट प्रति समुदायको पनि रुचि बढेको र वालवालिकाहरू उत्साह बढेकोले स्थानिय सरकारले पनि सहयोग गरेमा अझ राम्रो हुने सप्तरी क्रिकेट संघ कार्यसमिति सदस्य बिरेन्द्र कुमार यादव बताउँछन्।
क्रिकेटमा छात्राहरूको रुचि बढदै गएको छ भने लैंगिकता बिभेदलाई कम गर्दै क्रिकेट प्रति छात्र भन्दा छात्राको पनि मोह बढदै गएको प्रशिक्षक प्रशिक्षक धर्मेन्द्र चाैधरी बताए।
उक्त अवसरमा प्रेस मंचका अध्यक्ष भूषण सिंह, अभिभावक तथा शिक्षक अरूण महताे, प्रशिक्षक राहुल सिंह, लगायतकाे उपस्थिति रहेकाे थियाे।