Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

धानबालीमा देखियो रोग, के छ समाधान ?

धानबालीमा देखियो रोग, के छ समाधान ?

श्रवण वत्स

राजविराज । सप्तरीका धानबालीमा नयाँ प्रजातिको रोग लाग्दा किसानहरु चिन्तित भएका छन् । सप्तरी जिल्लाको उत्तरी र दक्षिणी भेगका धानबालीमा नयाँ प्रजातिका रोग लाग्दा किसानहरु चिन्तित भएको हो ।

२ विघामा धानबाली लगाएकोमा ७ कठ्ठामा नयाँ प्रजातिको रोग लागेको सप्तरीका एक किसानले दुखेसो सुनाए ।‌ धानबालीमा लागेको रोगबाट धानको बोट नै सुक्न लागेको ती किसानले बताए । सुरुमा धानमा लागेको रोगबारे अन्य किसानहरुसँग सोधपुछ गर्दा काल लागेको बुझिए तर काल रोगबाट जोगिन किटनासक औषधि छर्किदा समेत निको नहुँदा झन चिन्ताले सताएको उनी बताउँछन् ।

के हो रोग ?

कृषि ज्ञान केन्द्र राजविराजका प्रमुख किसुनदेव राउतले अहिले बलाष्ट र सिथ ब्लाईट नामको रोग धानबालीमा लागेको बताए । यो रोग लाग्नुको मुख्य कारण समयमा रोपाइ नहुनु, मौसम अनुकुल युरिया प्रयोग नहुनु, धानबालीमा अत्यधिक पानी रहनु र धेरै बाक्लो रोपाइ रहेको उनले बताए ।

 के छ जोगिने उपाय ?

यसबाट जोगिन सबैभन्दा पहिला धानबालीमा जमेको पानीलाई निकासको व्यवस्था मिलाउनु पर्ने, ढुशीनाशक विषादी वेभिष्टिन वा साफ १.५‌वा २ ग्राम अथवा सिथमार ३ ग्राम प्रतिलिटर पानीमा मिसाई १०/१२ दिनको अन्तरालमा २ पटक स्प्रे गर्दा यो रोग निको हुने कृषी ज्ञानकेन्द्र शाखा सप्तरीका प्रमुख राउतले बताए ।

धानबालीमा लागेको रोगलाई समयमा ध्यान नदिए धानको बोट भित्र रहेको किराले धानबाली नै नष्ट पार्ने उनले जानकारी दिए । सप्तरीमा धानबाली योग्य कुल जग्गा ८१ हजार हेक्टर रहेको कृषि ज्ञान केन्द्र शाखा राजबिराजले बताए । जसमध्ये ८६ प्रतिशतमा अर्थात ७७ हजार भन्दा बढीमा धान रोपाई भएको छ । गत बर्ष भन्दा यसबर्ष १५ प्रतिशत बढी रोपाइ भएको कृषि ज्ञान केन्द्र शाखा कार्यालय राजबिराजका प्रमुख राउतले जानकारी दिए । गत बर्ष ६६ हजार हेक्टरमा मात्रै धान रोपाई भएको उनले बताए ।

यता, तिलाठी कोईलाडी गाउँपालिकाका कृषि प्रमुख उदायकान्त झाले ‘अहिले पालिका भित्र रहेको कुल धानबालीको २५ प्रतिशत भन्दा बढीमा जवारो किरा, सिथ ब्लाईट र जिंकको कमी देखा परेको बताए । वडा नम्बर २ लौनियाँमा सिथ ब्लाईट रोगबाट किसानहरु बढी प्रभावित भएको छ । त्यस्तै, वडा नम्बर ३ सकरपुरा र वडा नम्बर ५ बनरझुलामा बढी जिंकको कमी र जवारो किरा र सिथ ब्लाईट रहेको उनले बताए ।

‘यो रोग प्राय पानी जमेको धानबालीमा बढी लाग्ने गर्छन, अहिले केही दिनदेखी पानी नपरेमा सबै किसानलाई धान खेतमा रहेका पानीलाई पूर्ण रुपले सुकाउन सल्लाह दिनुको साथै युरियाको प्रयोग नगर्न सुझाव दिंदै आएको छु,’ उनले भने । किसानहरुले बढी मात्रामा युरिया मल प्रयोग गरेमा पनि यो रोग लाग्ने गरेको कृषि शाखा अधिकृत झाले बताए । ‘किसानहरुले धानमा रोग लागेको नमुना धानको बोट अर्थात तस्वीर ल्याएर देखाएपछि हामी खेतमा पुगेर रोग विरुद्धको औषधि झर्किन सल्लाह दिन्छौं,’उनले भने।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

पत्रकारलाई एआइ सम्बन्धी तालिम

पत्रकारलाई एआइ सम्बन्धी तालिम

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology