क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । नेपाल सरकारका शाखा अधिकृत सरोज कुमार झाललाई भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतले सफाई दिएको छ ।
मंगलबार बसेको शारङ्गा सुवेदी र महेश शर्मा पौडेलको संयुक्त इजलासले विशेष अदालतको फैसलालाई पल्टिँदै झालाई सफाई दिएको हो ।
उनीसँगै राजकुमार मंडलले पनि सफाई पाएका हुन् ।
घुस रिसवत लिए भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरू विरुद्ध २०७५ साल ०४ महिना ०४ गते भ्रष्टाचार मुद्दा दायर गरेका थिए ।
११ फागुन २०७६ मा विशेष अदालतले उनीहरूलाई दोषी ठहर गरे पछि उनी न्यायका लागि सर्वोच्च पुगेका थिए ।
झा तत्काल सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत थिए भने मंडल सामाजिक परिचालक थिए ।