क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । श्रीकृष्ण जन्माष्टमीको अवसरमा राजविराजमा मंगलबार झाँकीसहित विशाल रथयात्रा निकालियो ।
राजविराज नगरपालिका-९ मलेठ स्थित रहेको कृष्णमन्दिरबाट विभिन्न झाँकीसहित निकालिएको रथयात्रा राजविराज नगरको बजार परिक्रमा गरी पुन: सोही ठाउँमा पुगेर समापन गरिएको थियो ।
मूल समारोह समितिका संयोजक अनिल यादवको नेतृत्व निकालिएको रथयात्रामा नगरपालिकाका जनप्रतिनिधिहरु, राजनीति दलका प्रतिनिधि, विभिन्न संस्थाका प्रतिनिधि, कलाकार, पत्रकार , स्थानीय यूवाहरु तथा हजारौंको संख्यामा श्रदालू भक्तजनहरुको सहभागिता रहेको थियो ।
त्यस्तै सप्तरीको तिलाठी, लोखरम, लौनियाँ लगायतका स्थानमा मटकीफोर कार्यक्रम गरिएको थियो ।
कृष्णा जन्ष्टमीको अवसरमा विभिन्न ठाउँमा रथयात्रा, मटकीफोर लगायतका कार्यक्रमहरु गर्ने गरिन्छ ।