Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

आज श्री कृष्ण जन्माष्टमी पर्व, भोलि राजविराजमा पनि रथ यात्रा

आज श्री कृष्ण जन्माष्टमी पर्व, भोलि राजविराजमा पनि रथ यात्रा

श्रवण वत्स

राजविराज । वैदिक सनातन धर्मावलम्बीले ‘आज श्रीकृष्ण जन्माष्टमी’ पर्व नेपाल र भारतको बिभिन्न ठाउँमा भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाइने गरिन्छ ।

यस पर्वको अवसरमा कृष्णाष्टमीको भोलिपल्ट नेपाल र भारतको बिभिन्न ठाउँमा रथ यात्रा निकाल्ने चलन छ । उक्त अवसरमा राजविराजबाट पनि कृष्ण मन्दिर समितिले भोली (मंगलबार) विहान ११ बजेदेखि रथ रात्रा निकाल्ने कार्यक्रम राखेको छ ।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ ।
यस दिन देशभरिका कृष्णमन्दिरहरुमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष दुईटैले ‘व्रत’ बसी रातभर जाग्रण बस्ने प्रचलन छ ।
कृष्ण पुराणका अनुसार, भाद्र महिनाको कृष्ण अष्ठमीको दिन माता देवकीको आठौं सन्तानको रूपमा भगवान कृष्णको जन्म भएको थियो । कृष्णको जन्म मथुराको कंसको जेलमा भएको हो । माता देवकी राजा कंसकी बहिनी थिइन् । कंसलाई सत्ताको लोभ थियो ।
उनले आफ्ना पिता राजा उग्रसेनको सिंहासन कब्जा गरे, पितालाई कैद गरे र आफूलाई मथुराको राजा घोषित गरे । राजा कंस आफ्नी बहिनी देवकीको बिदा गरेको बेला आकाशवाणी भयो । देवकीको आठौं छोरा कंसको मृत्युको कारण हुने यो सुनेर कंस भयभीत भए । उनले तुरुन्तै आफ्नी बहिनी र उनका पति वासुदेवलाई कारागार भित्र थुन्न लगाए । तिनीहरूको वरिपरि सिपाहीहरूको पहरा राखिएको थियो । कंसले आफ्नो मृत्युको डरले देवकी र वासुदेवका ७ सन्तानलाई मारेका थिए ।

भाद्र महिनाको कृष्णअष्ठमी तिथिको दिन रोहिणी नक्षत्रको मध्य रातमा देवकीको आठौं सन्तानको रूपमा भगवान श्रीकृष्णको जन्म भएको थियो । श्रीकृष्णको जन्म हुनेबित्तिकै कोठामा चारैतिरबाट उज्यालो भयो ।
फेरी कारागार भित्र आकाशवाणी भयो, भगवान विष्णुजीको रुपमा देवकीको गर्भबाट जन्मीएका भगवान श्रीकृष्ण हो, उनलाई गोकुलमा बाबा नन्दलाई छोडेर उनको घरमा एक बालिकाको जन्म भएको छ, उनलाई मथुरा लगेर आउँदा हुन्छ ।
आकाशवाणीले वासुदेवको हातको हथकडी खोलियो । सबै गार्ड सुत्न थाले । वासुदेवले बालक गोपाललाई टोकरीमा राखेर टाउकोमा लिएर गोकुल तर्फ लागे । भगवान श्रीकृष्णलाई गोकुलधाममा लिएर जाँदा वासुदेवलाई धेरै समस्याको सामना गर्नु परेको थियो । यमुना नदीले कृष्णको चरण स्पर्श गर्न खोलाभन्दा माथीसम्म बाढी आयो । तर कृष्णको चरण छोएपछि उनी तुरन्त शान्त भईन । बर्षापनि यति नै भईरहेको टोपरीमा रहेको भगवान श्रीकृष्णलाई शैशानागले आफना फेंनलाई जोगाएका थिए । वासुदेवले नन्दको घर भगवान श्रीकृष्णलाई छोडेर उनका छोरी लिएर गोकुलबाट फर्किए । त्यस पश्चात जेल स्वतः बन्द भयो र हातमा हथकडी पुनः लाग्यो । छोरी रोएको सुन्न बित्तिकै सबै सिपाहीहरु उठे ।
राजा कंसलाई जानकारी गराए वासुदेवका आठौं सन्तानको जन्म भयो भनेर, कंस यो समाचार सुन्न वित्तिकै उनी तुरन्त कारागार मित्र प्रवेश गरे, देवकी र वासुदेवका आठौं सन्तानकी रुपमा छोरी हुन् भनी उनलाई मार्न गए । तर उनी आकाशमा उडिन् र पुनः आकाशवाणी भयो । यो संसारमा कंसलाई मार्ने व्यक्ति जन्म लिईसकेको छ ।
बाबा नन्द र उनकी पत्नी यशोदा माताले भगवान कृष्णको पालन पोषण गरेका थिए । राजा कंसले कृष्णलाई खोजेर मार्ने प्रयास गरे । तर कंसको सबै प्रयास असफल भयो र कृष्णलाई कसैले मार्न सकेन । अन्ततः कृष्णले कंसलाई मारे । त्यसपछि राजा उग्रसेनलाई मथुराको राजगद्दी सुम्पे।

अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मिएका भगवान श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेको थियो ।
कुरुक्षेत्रमा कौरवसँगको लडाइँमा संलग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् श्रीकृष्णका मुखारविन्दबाट व्यक्त ‘श्रीमद् भागवत गीता’ पवित्र ग्रन्थ मानिन्छ । छोटकरीमा गीता नामले समेत चिनिने यो ग्रन्थ विश्वमै सबैभन्दा बढी भाषामा अनुवाद भएको विश्वास गरिन्छ ।
बाल्यकालदेखि नै आफ्ना लीला देखाएका भगवान श्रीकृष्णले पुतना, कंश, जरासन्ध र शिशुपाल जस्ता दानवी प्रवृत्तिको संहार गरेको पौराणिक ग्रन्थमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

पत्रकारलाई एआइ सम्बन्धी तालिम

पत्रकारलाई एआइ सम्बन्धी तालिम

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

Natraj Technology advertisement

ताजा समाचार

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

पत्रकारलाई एआइ सम्बन्धी तालिम

पत्रकारलाई एआइ सम्बन्धी तालिम

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology


Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology