क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । राजविराजमा स्वास्थ्य कार्यालय सप्तरी अगाडि बिच सडकमै एम्बुलेन्स राखेर सडक अवरुद्ध गरिएको छ ।
राजविराजबाट बिरामी बोकेर पुर्व तर्फ लैजाँदै गरेको क्रममा शुक्रबार हनुमाननगरमा आन्दोलनकारीहरूले एम्बुलेन्स तोडफोड गरेपछि यहाँ एम्बुलेन्स चालकहरूले सडक अवरुद्ध गरेका हुन् ।
गर्भवती महिलालाई बोकेको स १ च १८१४ नम्बरको एम्बुलेन्सलाई तोडफोड गरेको एक जना एम्बुलेन्स चालक जबाहिर मंसुरीले जानकारी दिए ।
उनले आन्दोलनकारीहरूले उक्त एम्बुलेन्स चालक महिनारायण यादवलाई समेत कुटपिट गरेको र उनी गजेन्द्र नारायण सिंह अस्पतालमा उपचाररत रहेको बताए ।
हनुमाननगरमा हिजो भएको दुर्घटनामा एक जनाको मृत्यू भएपछि स्थानीयहरु आन्दोलनमा छन् ।
यता जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी प्रवक्ता ढुण्डिराज नेउपानेले आन्दोलनकारीहरूसँग छलफल भइरहेको बताए ।