क्रान्ति केन्द्र सम्वाददाता
राजविराज। सप्तरीको डाक्नेश्वरी नगरपालिकाको नवनियुक्त प्रमुख प्रशासकीय अधिकृतमा राम किसुन यादव हाजिर भएका छन् ।
आइतवार नगरप्रमुख रामलखन मलाहसहितको जनप्रतिनिधिहरुले उनलाई कार्यालयमा स्वागत गरेका हुन् ।
स्वागत कार्यक्रममा वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य लगायत विभिन्नन शाखाका शाखा प्रमुख, कर्मचारीहरुको उपस्थितिमा रहेको थियो ।
यसअघिको प्रमुख प्रशासकीय अधिकृत कुन्दन कर्णको सरूवा भएपछि उनी प्रमुख प्रशासकीय अधिकृतमा हाजिर भएका हुन् ।