राजु शर्मा
भारदह । भारतको ७८औं स्वतन्त्रता दिवस सप्तरीमा पनि मनाईएको छ।
जिल्लाको हनुमाननगर कंकालनी नगरपालिका- १ भारदहस्थित कोशी कलोनीमा दुबै देशका अधिकारीले संयुतरुपमा झण्डा फहराई राष्ट्रगान गाउँदै स्वतन्त्रता दिवस मनाएका हुन्।
भारदह स्थित कोशी कलोनीमा बिरपुरका सरपालक अभियन्ता तटबन्ध प्रमुख मुकेश कुमार र इलाका प्रहरी कार्यालय भारदहका सई विश्वनाथ त्रिपाठी संयुक्त रुपमा झण्डा तोलन गरेका थिए।
उक्त कार्यक्रममा स्थानीय राजनीतिक दलका प्रतिनिधि बुद्घिजिवी तथा प्रशासकहरुको उपस्थिति रहेको थियो।