क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । राजगढ गाउँपालकिमा आन्दोलनरत जनप्रतिनिधि तथा स्थानीयवासीलाई पालिका अध्यक्ष आोम प्रकाश मंडलले वार्ताका लागि आह्वान गरेको छ ।
बिहिबार एक विज्ञप्ती जारी गर्दै अध्यक्ष मंडलले उनीहरूलाई ५ जनाको वार्ता टोली बनाएर वार्तामा आउन आग्रह गरेका हुन् ।
‘राजगढ गाउँपालकिका केही कार्यपालिका सदस्य लगायत केही अन्य नागरिकहरु समेतले विभिन्न मागहरु राखि यस राजगढ गाउँपालिको कार्यालयमा बुझाएको ज्ञापनपत्र सम्बन्धमा यस गाउँपालिकाको गम्भिर ध्यानाकर्षण भएको छ।’ विज्ञप्तिमा भनिएको छ, ‘कुनै पनी समस्याको समाधान वार्ता र सम्बादको माध्यम वाट नै हुने मान्यतालाई मध्य नजर गर्दै उक्त सम्बन्धमा धर्ना तथा विभिन्न कार्यक्रमतर्फ उन्मुख असन्तुष्ट पक्षको नेतृत्व पंक्ति मध्येबाट ५ जना प्रतिनिधि सम्मिलित वार्ता टोली गठन गरी तपसिल बमोजिमको मिति, समय र स्थानमा वार्तामा आउनुहुन अनुरोध छ।’
वार्ता भोलि शुक्रबार दिउँसो ३ बजे राजगढ गाउँपालकिको कार्यालयमा राखिएको छ।
विभिन्न १० बूँदे माग सहित राजगढ गाउँपालिकावासी सहित केहि जनप्रतिनिधिहरु डेढ सातादेखि आन्दोलनमा रहेका छन् ।