क्रान्ति केन्द्र सम्वाददाता
राजविराज। गृह मन्त्रालयले गत आर्थिक वर्ष २०८०/८१मा कामका आधारमा गरेको जिल्ला प्रशासन कार्यालयको मूल्यांकनमा सप्तरी ६३औं नम्बरमा रहेको छ । ८७.५६ प्रतिशत अंक ल्याएर सप्तरी ६३औं स्थानमा छ ।
गृहमन्त्रालयको तथ्याङ्क अनुसार ५७ वटा जिल्ला प्रशासन कार्यालयहरुले ९० भन्दा बढी अंक ल्याएका छन् भने १८ वटा जिल्ला प्रशासन कार्यालयहरूले ९५ र सो भन्दा बढी अंक पाएका छन् ।
कार्यसम्पादन मूल्यांकन सम्झौता बमोजिम मूल्यांकन गर्दा जिल्ला प्रशासन कार्यालयहरुले ७६.२५ देखि ९८ अंकसम्म पाएको मन्त्रालयले जनाएको छ । कार्यालयहरुमध्ये जिल्ला प्रशासन कार्यालय रुपन्देही ९८ अंक ल्याएर पहिलो स्थानमा छ भने जिल्ला प्रशासन कार्यालय धनुषा ७६.२५ अंकसहित अन्तिम स्थानमा छ ।
उत्कृष्ट १०को सूचीभित्र रुपन्देहीसहित पाल्पा, बाग्लुङ, रुकुम पश्चिम, मकवानपुर, पर्वत, गुल्मी, तेह्रथुम र सोलुखुम्बु परेका छन् ।