क्रान्ती केन्द्र सम्वाददाता
राजविराज । सप्तरी जिल्लाको तिरहुत गाउँपालिका-२ मैनाकडेरीमा एक युवक झुन्डिएको अवस्थामा फेला परेको छ ।
बुधबार बिहान स्थानीय इनुस मंसुरीका कान्छो छोरा अन्दाजी बर्ष २३ को आईजु मंसुरी (छोटु) घरबाट ५ सय मिटर पर रहेको महुली खोला किनारमा बर्दरुखको हांगामा गम्छामा फाँसो लगाई झुन्डिएको अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय कंचनपुरले जानकारी दिए ।
स्थानीयले झुन्डिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटना स्थलमा प्रहरी पुगेर घटनाको सबै प्रक्रिया पूरा गरि मृतक युवकको शव पोष्टमार्टमका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजबिराज पठाएको ईलाका प्रहरी कार्यालय कंचनपुरले जानकारी दिए । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
यता, उनका बुवा इनुसले बुधबारै छोराको बिदेश उडानको लागि काठमाडौ जानुपर्ने थियो । ‘हिजो अबेर रातिसम्म बिदेशको तयारीमा आफ्ना समानहरु मिलाउँदै थिएके कति बेला झुन्डिएको केही थाहा पाएन’, उनले बताए । मंगलबार आफ्ना सबैसाथी भाईहरुसँग मिलेर आईसकेको थियो । किन आत्महत्या गरेको मलाई केही जानकारी दिएन ।