क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । आर्थिक बर्ष २०८०/०८१मा राजविराज भंसार कार्यालयले लक्ष्यभन्दा २४.१६ प्रतिशत बढी राजश्व संकलन गरेको छ ।गत आर्थिक बर्षमा ६ करोड ५० लाख ३५ हजार रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य लिएको राजविराज भंसार कार्यालयले ८ करोड ७४ लाख ७ हजार ६ सय ६ रुपैयाँ संकलन गरेको हो ।
कार्यलयका तथ्यांक अनुसार सबभन्दा बढी असारमा लक्ष्य भन्दा दोब्बर बढी राजश्व संकलन भएको हो भने सबभन्दा कम पौषमा लक्ष्यको आधा मात्र भएको हो ।
असारमा ५३ लाख ६९ हजार रूपैयाँ संकलनको लक्ष्य रहेकोमा १ करोड १९ लाख ५६ हजार ९ सय ८७ रूपैयाँ राजश्व संकलन भएको थियो । त्यस्तै पौषमा ५५ लाख ५८ हजार संकलनको लक्ष्यमा २९ लाख ४२ हजार ५ सय २९ रूपैयाँ मात्र संकलन हुन सकेको कार्यालयको तथ्यांक छ ।
राजश्व संकलनको दृष्टिकोणले राजविराज भंसार कार्यलयको लागि गत आर्थिक बर्ष आर्थिक बर्ष २०७९/०८० भन्दा राम्रो रहेको थियो । आर्थिक बर्ष २०७९/०८०मा ५ करोड ९९ लाख ३१ हजार राजश्व संकलनको लक्ष्य लिएको कार्यालयले ५ करोड ८ लाख ९७ हजार १ सय ९६ रूपैयाँ मात्र संकलन गर्न सकेको थियो ।
आर्थिक बर्ष २०८०/८१को लागि राजविराज भंसार कार्यालयले ८ करोड ८१ लाख ७९ हजार रूपैयाँ राजश्व संकलनको लक्ष्य राखेको छ ।