क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । एनएमबि बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत तिलाठी कोईलाडी गाउँपालिकाका तीन पाङ्ग्रे सवारी चालकहरुलाई टीशर्ट र क्युआर कोड हस्तान्तरण गरेको छ । नगद छोडौं क्युआर रोजौं भन्ने नाराका साथ टिसर्ट वितरण गरिएको हो ।
त्यस्तै बैंकले सोही शिर्षक अन्तर्गत तिलाठी कोईलाडी गाउँपालिका वडा नं १ बेल्ही प्रहरी चौकीलाई स्टयाण्ड पंखा हस्तान्तरण गरेको छ ।
सो कार्यक्रममा बैंकको तर्फबाट तिलाठी कोईलाडी शाखा प्रमुख श्री सुरेश कुमार साह, अपरेसन इन्चार्ज श्री दिपेन्द्र दास लगायत शाखाको अन्य कर्मचारीहरुको समेतको उपस्थिति रहेको थियो । साथै, तिलाठी कोईलाडी गाउँपालिकाका तर्फबाट वडा नं. १ का वडा प्रमुख श्री दिनेश्वर मिश्र, कर्मचारी पंजिकरण शाखाबाट शैलेन्द्र कुमार सिंह र तिलाठी कोईलाडी गाउँपालिका वडा नं. १ का तीन पाङ्ग्रे सवारी चालकहरुको उपस्थीती रहेको थियो ।
एनएमबि बैंक विगत २६ वर्ष देखि बैंकिङ्ग सेवा सुविधा प्रदान गर्दै आइरहेको, नेपाल राष्ट्र बैंकबाट “क” वर्गको इजाजतपत्र प्राप्त एक अग्रणी वित्तीय संस्था हो । बैंक दि फिनान्सियल टाईम्स, लण्डनको ‘ द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी “‘बैंक अफदिइयर एसिया २०२१” उपाधीबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागि पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी बैंक अफदिइयर नेपाल’ प्राप्त गरिसकेको शाखा प्रमुख साहले बताए ।
एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १८७ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।