Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

प्रहरीको रवैयाविरूद्ध पत्रकार महासंघद्वारा आन्दोलनको घोषणा

प्रहरीको रवैयाविरूद्ध पत्रकार महासंघद्वारा आन्दोलनको घोषणा

क्रान्ति केन्द्र सम्वाददाता

राजविराज । नेपाल पत्रकार महासंघ सप्तरी एकपटक पुनः सप्तरी प्रहरीको रवैयाविरूद्ध आन्दोलनमा जान बाध्य भएको छ ।

पत्रकारलाई ज्यान मार्ने धम्की दिएको सन्दर्भमा प्रहरीले अनुसन्धानमा सक्रियता नदेखाएपछि बुधबार पत्रकार महासंघ सप्तरीले आन्दोलनको घोषणा गरेको हो ।

आन्दोलनको कार्यक्रममा बिहीबार(१७ साउन)मा प्रहरीकाे माथिल्लो निकाय जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउने, शुक्रवार(१८ साउन)देखि सप्तरी प्रहरीकाे समाचार बहिष्कार गर्ने र
शुक्रवारैदेखि हातमा कालाे पट्टि बाँधेर सप्तरीका पत्रकारले काम गर्ने घोषणा गरेका छन् ।

यस अवधिमा पनि पत्रकार धम्काउनेमाथि प्रहरीले कारबाही नथालिए दाेश्राे चरणकाे थप सशक्त संघर्षका कार्यक्रम सार्वजनिक गरिने महासंघ बाध्य हुने जानकारी‌ गराएका छन् ।

‘समाचार लेखेकाे निहुँमा नेपाल पत्रकार महासंघ सप्तरीका काेषाध्यक्ष एवं राजविराज दैनिकका पत्रकार नवीनकुमार गुप्तामाथि अभद्र ब्यवहार गर्दै ज्यानमार्ने धम्की दिने महदेवा गाउँपालिकाका अभिषेक मण्डलमाथि कानुन बमोजिम कारबाहीकाे लागि जिल्ला प्रहरी कार्यालय सप्तरीमा महासंघले लिखित पत्राचार गरेकाे सर्वविदितै छ ।’ महासंघ सप्तरीका सचिव राम नारायण विश्वासले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘उक्त क्रममा सप्तरीका प्रहरी उपरीक्षक गजुसिद्धी बज्राचार्यले बुधवार(१६ साउन)सम्म कारबाही प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता गरेपनि त्याे बमाेजिम हुन सकेन ।’

पत्रकार महासंघकाे पहिलाे प्राथमिकता पत्रकारकाे सुरक्षा नै भएकाे र त्यसमा सप्तरी प्रहरीले सक्रियता र गम्भीरता दुवै नदेखाएको हुँदा पहिलो चरणकाे संघर्ष कार्यक्रम घाेषणा गरिएको सचिव विश्ववासले बताए ।

उनले दोषीलाई राजनीति संरक्षणको कारण नियन्त्रणमा नलिएको आशंका समेत व्यक्त गरेका छन् ।

सप्तरी प्रहरीले पत्रकारको सुरक्षामा गम्भीरता नदेखाएको यो पहिलोपटक होइन् । यसअघि पनि राजनीतिक प्रभावमा सप्तरी प्रहरीले पत्रकार धम्काउनेलाई‌ कारबाहीको दायरा ल्याउन आलटाल गरेपछि महासंघलाई आन्दोलनमै उत्रिनु परेको थियो ।

पछिल्लो समय सप्तरी प्रहरी राजनीतिक प्रभावमा दोषीलाई उम्काउने गरेको स्थानीयहरूको आरोप रहेको छ ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

पत्रकारलाई एआइ सम्बन्धी तालिम

पत्रकारलाई एआइ सम्बन्धी तालिम

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology