क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । प्रेस मञ्च नेपालले शुक्रबार नेपाल पत्रकार महासंघको कार्यालय घेराउ गरेको छ।
निर्वाचन समितिले आफैले सार्वजनिक गरेको कार्यतालिका अनुसार काम नगरेको भन्दै महासचिव अवधेश झाको अगुवाईमा पुगेका मञ्च आवद्ध पत्रकारहरुले कार्यालय घेराउ गरेका हुन् ।
उनीहरूले नारावाजी गर्दै निर्वाचन समितिका सदस्यहरुको राजिनामा समेत मागेका छन्।
कार्यतालिका अनुसार शुक्रबार अन्तिम मतदाता नामावली प्रकाशन गर्नुपर्ने थियो। तर, हालसम्म नामावली प्रकाशन नभएको महासचिव झाले बताए।