क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । मैथिली साहित्य परिषदको भातृ संगठनहरु मैथिल महिला परिषद, मैथिल पत्रकार परिषद, मैथिल युवा परिषद र मैथिल विद्यार्थी परिषदको नयाँ कार्यसमिति चयन भएको छ ।
शनिबार राजविराजमा बसेको कार्यसमिति बैठकले यी संगठनहरुको नयाँ कार्यसमिति चयन गरेको हो ।
मैथिल महिला परिषदको अध्यक्षमा मालती चौधरी, उपाध्यक्षमा प्रतिमा देब, सचिवमा रिता देब, उपसचिवमा बिनिता कर्ण र कोषाध्यक्षमा रश्मी झालाई चयन गरिएको छ ।
त्यस्तै सदस्यहरूमा रिना झा, सोनी मिश्रा, सुनिता यादब, निता यादब, रितु झा, रंजिता दास र रासो साह रहेकी छिन् ।
मैथिल पत्रकार परिषदको अध्यक्षमा सौरभ यादव चयन भएका छन् ।
उपाध्यक्षमा पुनम पोखरेल, सचिवमा प्रवेश मिश्र(बाबुल), उपसचिवमा रुपेश यादव र कोषाध्यक्षमा रुबी मिश्र चयन भएका छन् ।
पत्रकार परिषदको सदस्यहरू उमेश साह,श्रवण मिश्र, आनन्दमोहन शर्मा, पिन्टु यादव, नवीन यादव र भगवानलाल यादव चयन भएको परिषदका अध्यक्ष अवधेश झाले जानकारी दिए ।
मैथिल युवा परिषदमा अध्यक्ष अखिलेशकुमार झा र
उपाध्यक्षमा सत्येन्द्रनारायण यादव चयन भएका छन् ।
सचिवमा बिष्णुकुमार यादव, उपसचिवमा अनवर अली, कोषाध्यक्षमा रिया संचेतीलाई चयन गरिएको छ ।
सदस्यहरुमा मोहन यादव, संजयकुमार साह, सरोजकुमार झा, निराजन यादव, दीपेन्द्र दास,रन्जन झा रन्जना चौधरी र आशिषकुमार मिश्र(राजन) चयन भएको हो ।
त्यस्तै मैथिल बिद्यार्थी परिषदको अध्यक्षमा चन्दन झा(सुनिल)लाई चयन गरिएको छ ।
उपाध्यक्षमा अनिल यादव, सचिवमा पार्थो सरकार
उपसचिवमा धिरज झा र कोषाध्यक्षमा मनिषा साहलाई राखिएको छ ।
सदस्यहरूमा राकेशकुमार यादव, मनिषकुमार राय, अमिर राय, मनिष साह, नन्दन मण्डल र उज्जवलकुमार झा रहेका छन् ।