क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । रूपनी-छिन्नमस्ता सडकमा सुधारको लागि छिन्नमस्ता गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीसहितको जनप्रतिनिधिले सडक डिभिजन कार्यालयका कर्मचारीहरुसँग छलफल गरेका छन् ।
बिहिबार छिन्नमस्ता गाउँपालिकाको कार्यालयमा उनीहरूसँग गरिएको छलफलमा आउँदो ५ दिन भित्र काम सकाउने निर्णय भएको हो ।
अध्यक्ष चौधरीले बैठमा ५ दिन भित्र सडकमा सुधार गर्ने निर्णय भएको बताए । उनले ५ दिन भित्र सडकको काम नभए छैठौं दिन पालिकाका जनप्रतिनिधिहरु सडक डिभिजन कार्यालय लहानमा धर्नामा बस्ने चेतावनी दिएका छन् ।
‘निर्माण कम्पनीले आबश्यक मर्मत-सम्भार नगरेको तथा बर्षाका कारण राजबिराज-सखडा तथा सखडा- नेउर सडक हिलामे भै आबजाबत समेत अबरुद्ध भएको अबस्था छ,’ अध्यक्ष चौधरीले भने ‘सडक डिभिजनका कर्मचारीसहित स्थानीय जनप्रतिनिधि मेरो कार्यकक्षमा बैठक बसि शुक्रबारदेखि आवश्यक मर्मत सम्भार गरि आवतजावत सहज बनाउन कार्य थालिने र सो कार्य अबको ५ दिन भित्र सकाउने निर्णय भएको छ ।’
उनले थपे ‘याद रहोस् छैठौं दिन सम्म काम समपन्न नभएको खण्डमा हामी जनप्रतिनिधिहरु सडक डिभिजन कार्यालय लहानमा धर्नामा बस्नेछौ ।’