क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । सप्तरीको राजविराजमा जेठ ३२ र असार १ गते सप्तरी बिचार उत्सब हुने भएको छ । विणा फाउण्डेशनको आयोजना तथा राजविराज नगरपालिका, छिन्नमस्ता गाउँपालिका र सप्तरी युथ नेपालको सह- आयोजनामा २ दिने सप्तरी बिचार उत्सब हुने भएको बिहिबार पत्रकार सम्मेलन गर्दै आयोजकले जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा राजविराजस्थित शिवशंकर सिनेमा हलमा कार्यक्रम हुने जनाइएको छ ।
आयोजकले राजविराजमा बिहिवार पत्रकार सम्मेलनमाको आयोजना गरी विचार सम्मेलनको उदेश्य र औचित्यता बारे जानकारी गराएका छन् ।
उक्त बिचार उत्सवमा सप्तरीका १८ वटा पालिकाका प्रमुख- उपप्रमुख, संघीय सांसद, प्रदेबिभिन्न दलका नेताहरु, सामजिक अभियनताहरु,वरिष्ठ पत्रकार, बुद्धिजीवी युवाहरुको सहभागीता रहने कार्यक्रमका संयोजक बरुण झाले जानकारी दिए । कार्यक्रममा समग्र रुपमा सप्तरीको बिकास , सुशासन र समृद्धिका लागि साझा प्रतिबद्धता र कार्यन्ययन गराउन मुख्य भुमिका रहने झाले बताए । कार्यक्रममा एक दर्जन बढी सत्र रहेको
उनले कार्यक्रममा २०/२२ लाखको खर्चको अनुमान रहेको बताए ।
कार्यक्रममा सम्बोधन गर्दै छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीले कार्यक्रमको उदेश्य र औचित्यता बारे प्रकाश पार्दै सप्तरीले देशको राजनीतीक परिवर्तनमा पुर्याएको योगदानलाई विकास र समृद्धिसंग जोड्ने प्रयास स्वरुप विचार र उत्सव आयोजना गरिएको बताए ।
उनले यस कार्यक्रममा आउने विचारहरूको आधारमा आफ्नो पालिकामा अगामी निति तथा कार्यक्रममा ल्याउने बाचा समेत गरे ।
अध्यक्ष चौधरीले यस कार्यक्रममा आएका विचारलाई समेटेर सप्तरी घोषणा पत्र सार्वजनिक गर्ने जनाकारी दिए ।
पत्रकार सम्मेलनमा सप्तरी युथ नेपालका उपाध्यक्ष मोहन यादव, कोषाध्यक्ष विष्णु यादव,वरिष्ठ पत्रकार दिलभुषण पाठकको समेत उपस्थिति रहेको थियो ।
कार्यक्रम जेनिसा जुनैराले संचालन गरेको थियो ।