क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । जनमत पार्टीका सांसद सतिश कुमार सिंह मधेश प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन्।
शुक्रबार प्रदेश प्रमुख सुमित्रा सुवेदीसमक्ष पेश गरेको दाबी पश्चात उनलाई मुख्यमन्त्रीमा नियुक्त गरिएको हो । १०७ सदस्यीय प्रदेश सभामा ६ राजनीतिक दलका ५५ जना सासंदले उनलाई समर्थन गरेको सिंहले दाबी पेश गरेको छ ।
उनलाई एमाले, माओवादी केन्द्र, जनमत, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति र नेपाल संघीय समाजवादीको समर्थन रहेको छ ।
११ मन्त्रालय रहेको मधेश प्रदेशमा जनमतले मुख्यमन्त्रीसहित एउटा तत्काल बिनाविभागीय मन्त्रालय पाउने सहमति छ । त्यस्तै साझेदार दलहरुबीच एमाले भौतिक, शिक्षा, स्वास्थ्य र खेलकुद तथा समाज कल्याण, माओवादी केन्द्रलाई अर्थ र पर्यटन मन्त्रालय पाउनेछन् ।
नेकपा एकीकृत समाजवादीलाई कृषि, उर्जा तथा सिंचाइ, १-१ सिटको नेपाल समाजवादी पार्टीलाई गृह सञ्चार तथा कानुन र नागरिक उनमुक्ति पार्टीलाई श्रम तथा यातायात मन्त्रालय दिने सहमति भएको स्रोतले जानकारी दिएको छ ।
सतिश सिंह सप्तरी -२(१)बाट निर्वाचित प्रदेश सभा सदस्य हुन् ।