Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

मधेश प्रदेशको मुख्यमन्त्रीमा जनमतबाट सतिश सिंह हुने सहमति, मन्त्रालय बाँडफाँड नमिल्दा दावीमा ढिलाई

मधेश प्रदेशको मुख्यमन्त्रीमा जनमतबाट सतिश सिंह हुने सहमति, मन्त्रालय बाँडफाँड नमिल्दा दावीमा ढिलाई

क्रान्ति केन्द्र सम्वाददाता

राजविराज । मधेश प्रदेशको नयाँ मुख्यमन्त्रीका लागि जनमत पार्टीबाट सतिश कुमार सिंहको नाम सिफारिस भएको छ ।

जनमत पार्टीको बिहिबार बसेको केन्द्रीय सचिवालय बैठकबाट सिंहलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

यद्यपी जनमत पार्टी भित्रै एक पक्षमा यस निर्णयले असन्तुष्टि देखिएको छ ।

जसपा नेपालका मुख्यमन्त्री सरोज कुमार यादव मंगलबार विश्वासको मत नपाए पछि सोही राति प्रदेश प्रमुख सुमित्रा भण्डारीले नयाँ सरकार गठनको आह्वान गरेकी थिइन ।

नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनमत पार्टी, नेकपा एस, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीको सहयोगमा जनमत पार्टीले नयाँ मुख्यमन्त्री बनाउन सरकारको दावी पेश गर्नेछ ।

मधेश प्रदेशमा प्रदेशसभा सदस्यको संख्या १ सय ७ छन् भने सरकार बनाउन ५४ साँसद आवश्यक पर्ने छन । तर ती दलहरूसंग ५३ साँसद मात्र छन् । एमाले २४, जनमत १३, माओवादी केन्द्र ९ र नेकपा एस ७ गरी ५३ प्रदेश सभा सदस्य मात्र छन् । ती दलहरूलाई बहुमत पुर्‍याउन अझै १ जना संसाद आवश्यक पर्छ ।

मन्त्रालय भागबण्डा नमिल्द दाबी पेश ढिलाइ

मन्त्रालय भागबण्डा नमिल्दा मधेशको मुख्यमन्त्रीमा दाबी पेश ढिलाइ भएको छ । नेकपा एमाले, माओवादी र एकीकृत समाजवादी जनमत पार्टीको नेतृत्वमा सरकार बनाउन सहमत भइसकेका छन् ।

मन्त्रालय भागबण्डाका विषयमा बिहीबार बिहान ११ बजेदेखि दलहरुबीच भइरहेको छलफल निष्कर्षमा पुगेको छैन ।

बैठकमा सहभागी एक नेताका अनुसार नेकपा एकीकृत समाजवादीले तीनवटा मन्त्रालयमा दाबी गरेपछि कुरा मिल्न नसकेको हो ।

दलहरुबीच बिहीबार नै मुख्यमन्त्रीमा दाबी पेश गर्ने सहमति छ । बिहीबार रातिसम्म भए पनि मुख्यमन्त्रीमा दाबी पेश गर्ने बताए ।

सत्ता गठबन्धनलाई समर्थन गरेको १-१ सिट रहेको नागरिक उन्मुक्ति पार्टी नेपाल र नेपाल संघीय समाजवादी पार्टीले पनि १-१ वटा मन्त्रालय पाउनु पर्ने दाबी गरिरहेका छन् । दुबै दललाई राज्यमन्त्री दिएर मनाउने प्रयासमा ठूला दलहरु छन् ।

एमाले, जनमत र माओवादी केन्द्रबीच भने भागबन्डा करिब मिलिसकेको छ । मधेशमा मुख्यमन्त्रीबाहेक ११ मन्त्रालय छ । एमाले ४, जनमत, माओवादी केन्द्रले २-२ जना लिने मौखिक सहमति करिब करिब भइसकेको एक सांसदले बताए । एकीकृत समाजवादी भने दुई मन्त्रालयमा चित्त बुझाउन तयार छैन ।

छलफल भइरहेको र बिहीबार नै सहमति हुने एक नेताले जानकारी दिए ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

पत्रकारलाई एआइ सम्बन्धी तालिम

पत्रकारलाई एआइ सम्बन्धी तालिम

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology