क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लोकसभा सांसदमा वाराणसीबाट निर्वाचित भएका छन् । तर पछिल्लो समयभन्दा उनको जितको मतान्तर घटेको छ । यसअघि मोदी सन् २०१४ र २०१९ मा यही क्षेत्रबाट विजयी भएका थिए। अघिल्लो निर्वाचनमा मोदीले ४ लाख ७९ हजार ५०५ मतान्तरले विजयी भएका थिए ।
यसपटक मोदीले कांग्रेसका अजय रायलाई १ लाख ५२ हजार मतान्तरले पराजित गरेका छन् ।
मोदीले कूल ६ लाख १२ हजार मत ल्याउँदा रायले ४ लाख ६० हजार मत ल्याए।