क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । जिवन विकास लघुवित्त संस्था लिमिटेड राजविराज शाखाले केन्द्रीय प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम गरेको छ ।
राजविराजमा गरिएको उक्त कार्यक्रममा शाखामा आवद्ध केन्द्रका प्रमुख तथा ऋणीहरुको उपस्थिति रहेकाे थियाे ।
कार्यक्रममा संस्थाले विशेषताको आधारमा सदस्यहरूलाई विभिन्न पुरस्कारहरू समेत प्रदान गरेको थियो । ऋणको सदुपयोग गरेको ऋणीलाई उत्कृष्ट ऋणी पुरस्कार प्रदान गरेको शाखाका एक कर्मचारीले जानकारी दिए ।
त्यस्तै उत्कृष्ट उद्यमी पुरस्कार, उत्कृष्ट बचतकर्ता, उत्कृष्ट अधिकृत टेलर सदस्य पुरस्कार वितरण गरेको थियो ।
संस्थाले अतिविपन्न ११ जना विद्यार्थीलाई पठनपाठनको लागि समेत जिम्मा लिएको शाखाका एक कर्मचारीले जानकारी दिए । उनले उनीहरूको एक बर्षको पठनपाठनको सम्पुर्ण खर्च संस्थाले तिर्ने बताए ।
जिवन विकासले राजविराज शाखाबाट राजविराज नगरपालिका र तिलाठी कोइलाडी, बिष्णुपुर, राजगढ र छिन्नमस्ता गाउँपालिकामा सेवा प्रवाह गर्दै आएको छ । यी पालिकाहरू गरि शाखाको कुल १ सय ५८ वटा केन्द्र(समुह) रहेको छ।
संस्थाको कुल ४ हजार ६ सय ५६ जना सदस्य आवद्ध रहेको छ भने त्यसमा २ हजार ५ सय ३२ जना ऋणी रहेका छन् ।
शाखाले कुल २९ करोड ५३ लाख ९७ हजार ५ सय २८ रुपैयाँ ऋण लगानी गरेको छ ।