Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान ब्यारेज कृषि मन्त्रालय गजेन्द्रनारायण सिंह अस्पताल asyhanitab gaupal;ikla bhrastachar
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

पञ्चायत वेब सिरीजमा वास्तविकताको झलक

पञ्चायत वेब सिरीज सिजन एक सन् २०२० मा आयो। दर्शकहरुले खुबै रुचाएका थिए। यस पश्चात यसको अन्य सिजनहरुको प्रतीक्षा सुरु भयो। २०२२ मा सिजन दुई आयो दर्शकलाई त्यो पनि त्यत्तिकै मन पर्यो। अहिले मे २८, २०२४ मा सिजन ३ आयो, यसलाई पनि दर्शकहरुले खुबै मन पराएको देखिन्छ।

 

यो सिरीज ग्रामीण परिवेशमा आधारीत छ। यसमा घटेका धेरैजसो घटनाहरु भारतको बिहार र उत्तर प्रदेश राज्यको ग्रामीण परिवेशलाई झल्काइरहेको हुन्छ। एउटा ग्राम पञ्चायतमा दिनहुँ घटने गरेका घटनाहरु समेटिएको छ। पञ्चायतको प्रधान, प्रधानपति, उप-प्रधान, सचिव, सहायक, सदस्यहरु, ठेकेदार, विधायक लगाइतका व्यक्तिहरु बीचको सम्बन्ध तथा वार्तालापले घेरिएको छ।

 

माथीको हरफमा मैले प्रधान र प्रधान-पति लेखेको छु। भारतमा महिलालाई राजनीतिक व्यवस्था को अग्रपंक्तिमा ल्याउनको निम्ति बिभिन्न पदहरु महिलाको निम्ति आरक्षित गरियो। चुनावमा महिला जिते पनि सो महिलाको पतिले नै सो पदले गरिने हस्ताक्षर बाहेकका कामहरु गरेको देखिन्छ।

 

भारतमा मात्र नभई नेपालमा समेत बिभिन्न पदहरुको निम्ति प्रमुखमा महिला भए उप-प्रमुखमा पुरुष र प्रमुखमा पुरुष भए उप-प्रमुखमा महिला हुनुपर्ने व्यवस्था छ। तर वास्तविकता भने पंचायत सिरीज जस्तै देखिन्छ। पदमा महिला भएपनि उसले गर्ने सम्पूर्ण काम काज उसको पतिले नै गर्दै आएको देखिन्छ। यसले व्यवस्थाको कुरुपतालाई देखाउंछ, जस बाट हामी भलिभाती परिचित छौं।

 

यो वेब सिरीज भारतको ग्रामीण परिवेशमा आधारीत भएपनि, नेपालको मधेश क्षेत्रमा बसोबास गर्नेहरुले आफ्नै गाम-ठामको कहानी ठान्दछन। नेपालमा पञ्चायती वयवस्था सकेपछि संघिय राज्यको सुरुवात भयो। तर व्यवस्थामा खासै परिवर्तन भएको देखिन्न।

 

पञ्चायत वेब सिरिज सिजन ३ मा घटेका दुई घटनाहरु-

घटना १:

विधायकज्युले बडो प्रेमले किनेको एक घोडा किनेर विधायकलाई सांकेतिक रुपमा तल देखाउने भनेर पंचायतले विचार गर्दछ। तर विधायक संग किन्न जाँदा विधायकले सो घोडा उनीहरुलाई बेच्दैनन भनेर उनीहरु विधायक संग धोकाधडी गर्दै एउटा अमुक व्यक्ति को रुपमा गाउँले ज्वाईलाई पठाई घोडा किन्छन।

पहिला ‘पञ्चायत ३’ का विधायकको कथा बुझौं। विधायकमाथि कुकुर र परेवा मारेको आरोप लागेको छ । तसर्थ, ज्योतिषशास्त्रीय कारणले उनलाई जनावर र चराहरूबाट टाढा रहन भनिएको छ। त्यसैले, भारी हृदयका साथ विधायकले आफ्नो घोडा बेच्ने निर्णय गरे। यो खबर फुलेरा गाउँका प्रमुख र उनको टोलीमा पुग्छ। फुलेरा गाउँको मुख्य सडक नबनाएकोले गर्दा र फुलेराको कथित प्रधान , उप-प्रधान, सचिव तथा सहायकहरु आफ्नो बेइज्जतीको बदला लिन खोज्छन । विधायकद्वारा यिनिहरु बारम्बार बेइज्जत हुन पुगेका हुन्छन्।

 

फुलेरा गाउँका मानिसहरूले गाउँको अपमानको बदला लिने निर्णय गर्छन्। यस योजना अन्तर्गत, विधायकको घोडा किन्ने निर्णय लिइन्छ। यसो गर्दा विधायकको अपमान हुने र आफ्नो गाउँको प्रभाव बढ्ने फूलेरा गाउँका आम जनमानसलाई विश्वास दिलाइन्छ । तर विधायक र फुलेरा गाउँबीचको तनावका कारण विधायकले फुलेरा गाउँका कसैलाई पनि आफ्नो घोडा बेच्दैनन् भनेर यिनलाई थाहा हुन्छ। यसको समाधान खोजिन्छ र गाउँको एकजना ज्वाईलाई त्यहाँ घोडा किन्न पठाउने बिचार गरिन्छ।

 

गाउँका ज्वाई गणेश उनको श्रीमती विधायक कहाँ गएर विधायकबाट घोडा किनि फुलेरा गाउँ पुग्छन्। फुलेरावासीले सोचे जस्तै हुन्छ । हुँदा-हुँदै यो कुरा विधायकलाई थाहा हुन्छ र विधायकले यसलाई आफ्नो सम्मानसँग जोडेर केहीँ लठैत तथा समर्थक हरुका साथ गोली र बन्दुक लिई फुलेरा गाउँ पुग्छन्।

 

घोडा बेच्ने र छल गरेर किन्ने यो कथा ‘पञ्चायत’ सिरिजका निर्माताद्वारा काल्पनिक भएको दावी गरिएको छ । तर यो कथा हामीलाई सुनेको जस्तो लाग्छ। बिहारमा एकजना बाहुबलीको तकमा पाएका नेता अनन्त सिंह छन् । मिडियामा दिइने बयानका कारण उनी धेरैजसो चर्चामा रहन्छन् । हाल उनि बिभिन्न अपराधका कारण कारागारमा भएपनि, आसन्न भारतीय लोकसभाको चुनावको बेला उनले १५ दिनको निम्ति अदालत बाट वेल पाएका थिए। उनि आफ्नो शौक र प्रभावको निम्ति परिचित छन। बिभिन्न भरतीय मिडिया रिपोर्टका अनुसार सन् २००६/२००७ मा बिहारको सोनपुरमा पशु मेलाको आयोजना गरिएको थियो ।

 

सो मेलामा बिहारका पूर्व मुख्यमन्त्री लालु यादवको घोडा समेत बेच्न ल्याइएको थियो । अनन्त सिंहलाई लाग्यो लालु यादवको घोडा किनियो भने यस क्षेत्रमा उनको इज्जत बढ्ने छन होलान । तर लालुले अनन्त सिंहलाई आफ्नो घोडा कहिल्यै बेच्ने छैन भन्ने पनि उनलाई थाहा थियो ।

 

एकजना किसानलाई पठाएर अनन्त सिंहले सो घोडा किनेका थिए। पछि अनन्त सिंह त्यही घोडामा बसेर मेला हेर्न गए । तर, पंचायत सिरीजमा जस्तै लालु यादव आफ्नो घोडा फिर्ता लिन गोली र बन्दुक लिएर अनन्त सिंहको गाउँ गएनन । केही समय अघिसम्म यो दाबी मात्रै थियो, तर अहिले अनन्त सिंह आफैले यसको पुष्टि गरेका छन् ।

 

घटना २:

वेब सिरिज ‘पञ्चायत ३’ का विधायकलाई कुकुर मारेर खाएको आरोप लागेको हुन्छ । कुकुरलाई मारेर खुवाउने घटना बिहारको राजनीतिसँग सम्बन्धित भएको देखिन्छ। यस घटनामा बिहारका कद्दावर नेताहरु ललन सिंह, विजय सिन्हा र सम्राट चौधरीको नाम रहेको छ।

 

बिहारको राजनीतिमा पनि यस्तै घटनाको निकै चर्चा भएको थियो । जेडीयु सांसद ललन सिंह (राजीव रञ्जन सिंह) माथि पनि यस्तै आरोप लगाइएको थियो। त्यसबेला बिहारका वर्तमान उपमुख्यमन्त्री विजय सिन्हाले ललन सिंहमाथि यस्तो आरोप लगाएका थिए ।

 

वेव सिरीज ‘पंचायत ३’ मा विधायकको पात्रमाथि कुकुर मारेर खाएको आरोप छ । यसका लागि उनलाई अदालतले दोषी पनि ठहराएको देखियो । साथै २ वर्षको निम्ति कारागार चलान पनि गरिएको र त्यस पश्चात वेलमा बाहिर निस्केको समेत देखिन्छ । जनताहरु विधायक लाई छिया-छिया गरिरहेका हुन्छन भने विधायकले आफुले मारेको होइन भन्ने प्रमाणित गर्न लागिरहेका हुन्छन्।

ललन सिंहको “मीट पार्टी”

एक वर्ष अगाडि सन् २०२३ को मे १४ तारिखको दिन थियो। ललन सिंह त्यतिबेला जेडीयूका राष्ट्रिय अध्यक्ष थिए। बिहारमा जेडीयू र आरजेडीको सरकार थियो। नितिस र लालुको पार्टिको सरकार थियो भने बिजेपी भने विपक्षी खेमामा थिए। जसमा विजय सिन्हा भने बिहार विधानसभामा विपक्षी नेता थिए।

 

ललन सिंहले मुंगेर, बिहार स्थितको आफ्नो ठाउँमा “मीट पार्टी” अर्थात मासु भोजको आयोजना गरेका थिए। विपक्षी नेता विजय सिन्हा द्वारा यो भोजपछि सो क्षेत्रका सबै कुकुर गायब भएको आरोप लगाईए । उनको भनाई अनुरुप, सो ‘मासु भोज’ मा कुकुरको मासु खुवाइएको थियो। तर, सो बेला ललन सिंह र जेडीयू पार्टीले यी आरोपहरूलाई अस्वीकार गरेका थिए।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र सम्वाददाता

क्रान्ति केन्द्र सम्वाददाता

संबन्धित समाचार

हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. ५ मा वडा भवनको उद्घाटन

हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. ५ मा वडा भवनको उद्घाटन

जसपा नेपाल बिष्णुपुर गाउँपालिका अधिवेशनमा विवाद :दुई समिति गठन

जसपा नेपाल बिष्णुपुर गाउँपालिका अधिवेशनमा विवाद :दुई समिति गठन

सशस्त्रको एआइजीमा ठाडा मगर

सशस्त्रको एआइजीमा ठाडा मगर

हनुमाननगर जेल काण्डको ८२ वर्ष

राजविराज-२का वडा अध्यक्ष श्री अरुण यादवलाई खुला पत्र 

पूर्व-पश्चिम रेलमार्ग : फेरिएको रणनीति वा दक्षिणी मधेसको पुनः उपेक्षा ?

राजविराज नगरपालिकामा विवाद, सुरक्षा माग गर्दै कार्यवहाक नगरप्रमुख प्रहरीमा

राजविराज नगरपालिकामा विवाद, सुरक्षा माग गर्दै कार्यवहाक नगरप्रमुख प्रहरीमा

Natraj Technology advertisement

ताजा समाचार

पोस्टमार्टम गृहबाट शव लुटियो, प्रहरी मुखदर्शक

पोस्टमार्टम गृहबाट शव लुटियो, प्रहरी मुखदर्शक

सप्तरीमा चपाकल सुक्ने समस्या

सप्तरीमा चपाकल सुक्ने समस्या

उच्च अदालत राजविराज इजलासको फैसला तिव्र, १८ महिना नाघेको मुदा शुन्य 

उच्च अदालत राजविराज इजलासको फैसला तिव्र, १८ महिना नाघेको मुदा शुन्य 

हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. ५ मा वडा भवनको उद्घाटन

हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. ५ मा वडा भवनको उद्घाटन

सिटिजन्स बैंक कल्याणपुरद्वारा मझौ विद्यालयलाई शुद्ध पिउने पानी मेसिन प्रदान

सिटिजन्स बैंक कल्याणपुरद्वारा मझौ विद्यालयलाई शुद्ध पिउने पानी मेसिन प्रदान

भुक्तानीको अन्तिम रात शम्भुनाथमा कर्मचारीलाई हातपात

भुक्तानीको अन्तिम रात शम्भुनाथमा कर्मचारीलाई हातपात

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology


Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology