क्रान्ति केन्द्र सम्वाददाता
राजविराज। सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताललाई सरकारले ५ सय शैयामा स्तरोन्नती गर्नेछ । सरकारका अर्थमन्त्री बर्षमान पुनले मंगलबार प्रस्तुत गरेको बजेटमा उक्त कुरा औल्याएको हो ।
उनले अस्पतालसँगै रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको लागि पनि बजेट छुट्याएको जानकारी दिए । त्यस्तै कर्णाली, पोखरा, पाटन, राप्ती तथा विपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान, कोशी नारायणी, डडेलधुरा, भेरी र भरतपुर अस्पताललाई पनि ५ सय शैया बनाउने घोषणा गरेको हो ।
बजेटमा तीन सय शैया वा सोभन्दा बढी शैयाको अस्पतालमा एमबिबिएस तथा सय शैया भन्दा बढीको अस्पतालमा नर्सिङ्ग कार्यक्रम संचालन गरिँदै लगिने बताए ।
सरकारले त्यसको लागि आगामी आर्थिक बर्षमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, भरतपुर अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस संचालनको लागि बजेट विनियोजन गरेको छ।