क्रान्ति केन्द्र सम्वाददाता
राजविराज ।सरकारले पछिल्लो चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षका लागि कृषि क्षेत्रको बजेट घटाएको छ ।यस वर्षभन्दा एक अर्ब बजेट घटाएर ल्याएको हो ।
अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटमाफर्त कृषि क्षेत्रका लागि ५७ अर्ब २९ करोड विनियोजन गरिएको जानकारी दिए । चालु आव २०८०/८१ को बजेट ५८ अर्ब ९८ करोड रहेको छ ।