क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । सप्तरीको बिष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेश प्रसाद यादवले बुधबार विद्यालयको अनुगमन गरेका छन् ।
उनले अधारभुत विद्यालय थल्ही र शारदा माध्यामिक विद्यालय जमुनिको अनुगमन गरेका हुन् ।
अनुगमन पश्चात उनले देखापरेको त्रुटीहरुलाई सच्याई अगाडि बढनको लागि सबै शिक्षक र शिक्षिका लाई निर्देशन दिएको बताए ।
उनले भने, ‘अनुगमनको क्रममा केही त्रुटी देखिएको थियो, त्यसलाई सच्चाएर अगाडि बढ्न शिक्षकलाई भनेको छौँ, शिक्षासँग कुनै पनि हालतमा सम्झौता हुँदैन्, शिक्षा गुणस्तरमा सुधार गर्ने नै छौँ ।’
उनले आफ्नो कार्यकालमा शिक्षालाई प्राथमिकतामा राखेर काम गरिरहेको पनि बताए ।