क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । उपचारको रकम तिर्न नसक्दा अस्पतालमै बन्धक रहेको बलान बिहुल गाउँपालिका-२की एक दलित महिलाको शव लिन बलान बिहुल वासीको एक टोली अस्पाताल अगाडि धर्नामा बसेका छन् ।
सोमबार साँझ पालिका अध्यक्ष खेमचन्द्र यादव, उपाध्यक्ष रेणु यादवसहित स्थानीयवासीको एक टोली विराटनगर पुगेको छ ।
त्यहाँ बिराट नर्सिङ्ग होमको गेट अगाडि उनीहरूले धर्ना दिएको छ भने पालिका अध्यक्ष र उपाध्यक्ष छलफलको लागि अस्पाताल भित्र गएका छन् ।
उपचारको ११ लाख ७० हजार रुपैयाँ परिवारले तिर्न नसक्दा विराटनगरको विराट नर्सिङ होम अस्पातालले सप्तरीको बलानबिहुल गाउँपालिका– २ की ४२ वर्षीया श्यामकुमारी रामको शव चार दिन देखि बन्धकीमा रहेको छ ।
गत बिहीबार (३ जेठ) उपचारका क्रममा निधन भएको थियो । उनको उपचारमा २० लाख ६९ हजार बिल उठेकोमा परिवारले आठ लाख ९९ हजार तिरे पनि बाँकी रकम बुझाउन नसक्दा अस्पतालले शव उठाउन दिएको छैन् ।