क्रान्ति केन्द्र सम्वाददाता
राजविराज। सप्तरी प्रहरीले एकैदिन ९ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
आइतबार बिभिन्न प्रहरी इकाईबाट खटेको प्रहरीले अदालतबाट सजाय तोकेपछि फरार रहेका प्रतिवादीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा राजविराज नगरपालिका -७का दिपेन्द्र लाल दास कथबनिया, योगेन्द्र लाल दास कथबनिया रहेको छ । उनीहरूमाथि कुटपिटको मुद्दा २ सय २५ रुपैयाँ जरिवाना रहेको छ ।
त्यस्तै राजविराज नगरपालिका-१०का लक्ष्मी नारायण ठाकुर र दिपेन्द्र ठाकुरलाई कुटपिट लुटपाट मुद्दामा १ सय १५ रुपैयाँ जरिवाना तोकेपछि फरार रहेको हुँदा उनीहरूलाई सप्तरी प्रहरीले पक्राउ गरेको हो ।
त्यस्तै कुटपिट मुद्दा जरिवाना तोकिएपछि फरार महादेवा गाउँपालिका -१का सुरेश साह, छनिया देवी साह, राम रतन साह, धर्मेन्द्र साह र सर्मिला देवी साहलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी ढुण्डीराज नेउपानेले जानकारी दिए। उनीहरूलाई चार ५० रुपैयाँ जरिवाना तोकिएको छ ।