क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । जानकी नवमीको अवसरमा राजविराजमा शुक्रबार विशाल प्रभात फेरी तथा झाँकी प्रदर्शन गरिएको छ । मैथिली साहित्य परिषद सप्तरी र मैथिल महिला परिषद राजविराजको संयुक्त आयोजनामा प्रभात फेरी तथा झाँक्री प्रदर्शन गरिएको हो ।
राजविराज स्थित परिषदको कार्यालयबाट निकालिएको प्रभात फेरी तथा झाँकी राजविराज नगरपालिकाको विभिन्न भाग परिक्रमा गरेका थिए ।
उक्त अवसरमा राजविराज नगरपालिकाकी कार्यबाहक मेयर इसरत परविन, छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरी, प्रमुख जिल्ला अधिकारी किरण थापा, प्रहरी प्रमुख गजुसिद्धी बज्राचार्यलगायतका विभिन्न सुरक्षा निकायका प्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, विभिन्न पालिकाका प्रमुख- उपप्रमुख लगायतका जनप्रतिनिधिहरु, सामाजिक संस्थाका प्रतिनिधि, मैथिली अभियनताहरुको सहभागीता रहेको थियो ।
मैथिली सभ्यताको पहिचान र शानको रुपमा रहेकी जानकी माताको सम्मान तथा मैथिली भाषा, साहित्य तथा संस्कृतिको उजागर गर्न बल पुर्याउने उदेश्यका साथ जानकी नवमीको अवसरमा प्रभात फेरी तथा झाँकी प्रदर्शन गरिएको मैथिली साहित्य परिषद राजविराजका अध्यक्ष अवधेशकुमार झाले जानकारी दिए।
उक्त अवसरमा मिथिला पहिचान झल्काउने कला संस्कृति तथा जानकी रथयात्रा समेत निकालिएको थियो ।