क्रान्ति केन्द्र सम्वाददाता
राजविराज ।चालु आर्थिकबर्षको चैत मसान्तसम्मा यातायात व्यवस्था कार्यालय राजविराजले ९ करोड ६९ लाख ७२ हजार १ सय ४७ रुपैयाँ राजश्व संकलन गरेको छ ।
कार्यालयको तथ्यांक अनुसार सवारी साधनको करबाट ७ करोड ४७ लाख ६६ हजार ३ सय ३० रुपैयाँ, चालक अनुमति पत्र(लाइसेन्स), सवारी दर्ता सम्बन्धी दस्तुबाट २ करोड १८ लाख ५ हजार ४ सय २ रूपैयाँ संकलन भएको छ ।
त्यस्तै, प्रशासनिक दण्ड जरिवानाबाट २ लाख १ हजार ५ सय रुपैयाँ, यातायात क्षेत्रको आम्दनीबाट १ लाख ८९ हजार, ४ सय १५ र अन्य प्रशासनिक सेवा शुल्कबाट ५ सय रूपैयाँ राजश्व प्राप्त गरेको कार्यालयले जनाएको छ ।
कार्यलयका प्रमुख शशि यादवले चालु आर्थिक बर्षमा १२/१३ करोड लक्ष्य रहेको जानकारी दिए ।
२०७९ साल चैत २६ गतेदेखि २०८० चैत २७ गतेसम्मा कार्यालयले मोटरसाइकल, हलुका सवारी, भारी सवारी लगायत सबै सवारी गरेर कुल ३ हजार ४ सय ४० लाइसेन्स जारी गरेको जनाएको छ । जसमा मोटरसाइकलको सर्वाधिक २हजार ९ सय १५ रहेको छ ।