क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । सप्तरी क्रीकेट संघले अण्डर( यू)-१९ क्रीकेट खेलाडी छनौट सम्बन्धि सोमबार सुचना आह्वान गरेको छ ।
नेपाल क्रीकेट संघको बार्षिक कार्यक्रम अनुसार संचालन हुन गईरहेको वाईवाई यू-१९ राष्ट्रिय क्रीकेट प्रतियोगिताको लागि जिल्ला टिम छनौट गर्नुपर्ने भएकाले आवश्यक कागजात सहित जेठ ३ गतेसम्म सम्पर्क गर्न सप्तरी क्रीकेट संघले एक सुचना जारी गरेको छ ।
संघले नागरिकता प्रमाण पत्र, कक्षा ८ को सक्कल प्रमाण पत्र र अस्पतालको जन्मदर्ता प्रमाणपत्र सहित शम्भू दास (९८१९९७१२११), रोशन मण्डल ( ९८०४१५४९६४ ) र रवि राई( ९८०४७४३५६०) लाई सम्पर्क गर्न भनेको छ ।