क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । महादेवा गाउँपालिका १ चिम्टीका आगलागी पीडित परिवारलाई जिल्ला विपद् व्यवस्थापन समिति सप्तरीले घटनाको दुई हप्तापछि सोमबार नगद राहत वितरण गरेको छ ।
समितिले परिवारमा ५ जना सदस्यसम्म रहेको पीडितलाई १५ हजार र सोभन्दा बढी सदस्य रहेका परिवारलाई २० हजारका दरले नगद रुपैयाँ वितरण गरेको जनाएको छ ।
२७ परिवारलाई १५ हजारको र १९ परिवारलाई २० हजारको दरले सात लाख ८५ हजार नगद राहत वितरण गरिएको हो ।
आगलागी पीडितको घरयकिन लगायतको तथ्यगत विवरण संकलनमा समय लागेकोले नगद राहत वितरणमा ढिलाई भएको समितिले स्पष्ट पारेको छ।